मुगुमा मतदान केन्द्र नजिकै शंकास्पद बस्तु फेला, मतदाता त्रसित

डिसी नेपाल
२१ फागुन २०८२ १४:१८
620
Shares

मुगु । मुगुको सोरु गाउँपालिका-८ स्थित बालज्योति माध्यमिक विद्यालय गिलाहा मतदान केन्द्र नजिकै भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ।

निर्वाचन बुथ नजिकै दुई छुट्टाछुट्टै स्थानमा बम जस्तो शंकास्पद बस्तु फेला परेपछि नेपाली सेनाले निष्क्रिय गरेको छ। मतदान केन्द्र नजिकै बम फेला परेको हल्लापछि मतदातामा केही बेर त्रास फैलिएको थियो।

शंकास्पद बस्तु फेला परेको खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको नेपाली सेनाको टोलीले ती सुरक्षित रूपमा निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

बम भनेर हल्ला फैलाए पनि सेनाको टोलीले डिस्पोज गर्दा केही पनि नभेटिएको प्रहरीले जनाएको छ। बम राखेको हल्लापछि मतदाताको संख्या भने न्यून संख्यामा रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *