गोरखा जिल्ला धार्चेको गुम्दा गाउँमा गुफा अध्ययन
काठमाडौं। गोरखामा गुफाको अध्ययन गरिएकाे छ। धार्चे मनासलु पर्यटन विकास समितिको आयोजनामा काठमाडौंबाट गएकाे गुफा अध्ययन टोलीद्वारा धार्चे गाउँपालिका वडा नं. ५, गुम्दा गाउँमा गुफाको अध्ययन गरिएको भएको हो।
चैत ३१ गते टोलीले यामगाउँ नजिकै सडकको छेउमा रहेको सात कन्या गुफाको अध्ययन गरेको थियो। उक्त गुफा समुन्द्र सतहवाट १८०० मिटरमा अवस्थित छ। अध्ययनको क्रममा गुफाको लम्बाइ करिव ३० मिटर थियो भने, चौडाइ २ देखि ५ मिटरको ठूलो कोठा पाइएको अध्ययन टोलीले जानकारी दिए। गुफाको भित्र भाग लामो आकारको समेत बताए।
प्रविधिक टोलीले गुफा भित्र सम्म पुगेर अन्वेषण गरेका थिए। त्यसपश्चात केही माथि टोलीले समुन्द्र सतहदेखि १८५० मिटरमा अवस्थित आर्को २ वटा प्रवेशद्वार रहेको भोटे लामा गुफाको अध्ययन समेत गरेका थिए।
अध्ययन टोलीका सदस्य दविन्द्र लामाका अनुसार गुफा आकर्षक र टेक्निकल रहेको बताए। ‘यसको विस्तृत अध्ययन तथा अनुसान्धन गर्न पर्छ,’ उनले भने।
यसलाई सरसफाइ र पूर्वाधार विकास गरी रपर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने प्रविधिज्ञको भनाइ छ। त्यसका साथै स्थानियवासीलाई गुफाको महत्व वुझाएर गुफाको स्वरुपमा नविगारीकन सरसफाइ र पूर्वाधार निर्माण आवश्यक रहेको उनले सुझाव दिएका छन्। गुफामा दुवै आन्तरिक तथा विदेसी पर्यटक रमाउन सक्ने पनि उनले बताए।
अन्वेषण टोलीमा दविन्द्र लामा र भक्तबहादुर विकसहित संचारकर्मीको टोली सहभागी थिए। वडा नं. ५ का अध्यक्ष तुलबहादुर गुरुङले खुशी हुँदै अन्य गुफाको थप अध्ययन र खोजी गर्ने कुरा औँल्याए। गाउँपालिकाले यसको पूर्वाधार र विकासमा पहल गर्ने पनि उनले बताए।
गुम्दा गाउँ सेरोफेरोमा थुप्रै गुफाहरु रहेको र गुम्दालाई गुफाको गाउँमा प्रवद्र्धन गरिने र पर्यटन विकासमा जोड दिने बताए। यसको साथै गाउँका विभिन्न स्थानमा उराटु, किस्पा , मानकाङ, कोकार्नाङ, तराङपाखा र मनकाङ गुफा रहेको उनले जानकारी दिए।
धार्चे मनास्लु विकास समितिका अध्यक्षसमेत रहेका साने गुरुङले आगामी दिनमा गाउँपालिकासँग सहकार्य गरेर गुफाको संरक्षण र प्रवर्धन गर्ने कार्यमा जुट्ने बताए। ‘तल्लो मनास्लु समेत रहेका धार्चे क्षेत्रमा सरोकारवालासँग मिलेर अन्य पर्यटकीय गन्तव्य र गतिविधिको खोजी, अध्ययन र प्रवर्दधन गर्नेछौं,’ गुरुङले बताए।
चैत २९ गते देखि ३१ गतेसम्मको सात कन्या गुफा गुफा अनुसन्धान कार्यक्रमको गुफा टोलीलाई गोर्खा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले सदरमुकाम गोरखा बजारमा शुभकामना दिएर धार्चे तर्फ विदाइ गरेका थिए। समितिका अध्यक्ष तथा पर्यटनकर्मी निवासी साने गुरुङले उक्त गुफा अध्ययन टोलीको नेतृत्व गरेका थिए।







डिसी नेपाल







Facebook Comment