बुद्ध एयरले उडान गन्तव्य थप गर्दै, प्रदेश–प्रदेशबीच उडान हुने
काठमाडौं। बुद्ध एयरले आफ्नो उडान गन्तव्य थप गरेको छ । थपिएका गन्तव्यमा आगामी मे १ देखि उडान सुरु हुनेछ । आइतबार पत्रकार सम्मेलन गरी कम्पनीले जनकपुरदेखि अयोध्यासम्मको उडान समेत संचालन गर्न इच्छुक रहेको बताएको छ ।
नयाँ थपिएका अन्तर प्रदेश उडानको आधार पोखरालाई बनाइएको छ । पोखरालाई केन्द्र मानेर अन्य ४ प्रदेशसम्म उडान संचालन गर्ने घोषणा गरिएको छ । पोखरा–विराटनगर, पोखरा–सिमरा, पोखरा–नेपालगञ्ज, पोखरा–भैरहवा, भैरहवा–भरतपुर र तुम्लिङटार–विराटनगर उडान थप गरिएको घोषणा गरिएको हो । कम्पनीले आफ्नो भाडा सबैभन्दा सस्तो हुने दावी गर्दै भाडा दर समेत सार्वजनिक गरेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment