साताको दोस्रो दिन पनि घट्यो सेयर बजार
काठमाडौं। साताको दोस्रो दिन सोमबार पनि सेयर बजार घटेको छ। सोमबार सेयर बजार परिसूचक नेप्से ३७ दशमलव ५८ अंकको घटेर २६ सय ६१ दशमलव ९३ अंकमा बन्द भएको छ। केही दिन अघिसम्म लगातार बढीरहेको बजार साताको पहिलो दिन आइतबार भारी अंकले घटेको थियो।
यस्तै आइतबारको तुलनामा सोेमबार कारोबार रकममा पनि गिरावट आउको छ। सोमबार ६ अर्ब ७५ करोड रुपैयाँको कारोबार भयकोमा आइतबार ८ अर्ब माथिको कारोबार भएको थियो।
सोमबार दुईवटा जलविद्युत र फाइनान्स समूह बाहेक सबै समूहका सेयर कारोबार घटेको छ। समग्र बजार घट्दा दुई कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको हो।
यस दिन चन्द्रागिरि हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै साढे ९ प्रतिशतले गुमाएका छन्।
यस्तै कारोबारका रकमका आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रह्यो। उक्त कम्पनीको २८ करोड रुपैयाँ बराबरको कारोबार भयो।







डिसी नेपाल







Facebook Comment