अर्धसतक लगत्तै दिपेन्द्र आउट (लाइभ)
काठमाडौं । त्रिदेशीय टी२० सिरिजअन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल खेलिरहेको छ । त्रिवि क्रिकेट मैदानमा नेदरल्याडसँग जारी खेलमा नेपालका ब्याटर दिपेन्द्र सिंह ऐरीले पनि अर्धसतक पुरा गरेका छन् ।
उनले ३० बलमा ६० रन बनाएर आउट भए । उनले टी२० अन्तर्राष्ट्रियमा पहिलो अर्धसतक बनाएका हुन् । यसअघि उनको सर्वाधिक रन ४७ रहेको थियो । नेपालले १५.३ ओभरको खेल सकिँदा १५४ रन बनाएर ४ विकेट गुमाएको छ ।
लाइभ
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment