तिनाउ नदीमा बेपत्ता दुई भारतीय युवकको शव फेला
काठमाडौं । तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको शव फेला परेको छ।
भारतको उत्तर प्रदेश मेधावल ठाकुरद्धार पञ्चायत-१८ सन्तकबीर नगरका १७ वर्षीय अमान अन्सारी र मोहम्मद फहरान अन्सारीको शव फेला सोमबार परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार सोमबार बिहान साढे १० बजेतिर डुबेको स्थानबाट करिब १०० मिटर तल अमानको शव फेला परेको थियो।
यस्तै, सोमबार दिउँसो ४ बजेतिर डुबेको स्थानबाट करिब २०० मिटर तल मोहम्मद फहरानको शव फेला परेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment