मध्यभोटेकोशीले डेढ अर्ब बराबरको आइपीयो निष्कासन गर्ने
काठमाडौं। मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागी अनुमती पाएको छ। कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) बाट स्वीकृती पाएको हो।
बोर्डले कम्पनीलाई वैशाख ५ गते १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि अनुमति दिएको हो।
नियामकको स्वीकृति पछि कम्पनीले आयोजना पहिले प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ। विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment