प्रदेश नं १ मा ९७ सङ्क्रमित थप

डिसी नेपाल
७ वैशाख २०७८ २१:५८
32
Shares

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नंं १ मा आज ९७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा ५५ मध्ये विराटनगरमा १६ महिला र ३१ पुरुष छन् भने झापामा १२, सुनसरीमा २४, खोटाङमा एक र प्रदेश बाहिरका पाँच जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ७९९ पुगेको छ भने सङ्क्रमितमध्ये २९ हजार ९२३ जना सङ्क्रमण मुक्त भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या ४०४ पुगेको छ ।

आज ५२८ जनाको पिसिआर परीक्षण गर्दा ३४ महिला ६३ पुरुषमा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । सोमबार विराटनगरमा १० महिला र १४ पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.