पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता आजबाट सुरु

काठमाडौं। राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। प्रतियोगितामा ३ महिला टिम र ७ पुरुष टिम सहभागी हुँदैछन् ।
महिला टिममा कोङ्दे युवा क्लब, माप्य दुधकोशी गाउँपालिका–३, महाकुलुङ रहेका छन् । त्यस्तै पुरुष टिमतर्फ फरि युवा समूह (चौरीखर्क), नौलेख युवा क्लब (पैया), नौलेख युवा क्लब (रमाइलो टिम)–४, आमा डब्लम युवा क्लब (पाङ्बोचे), हिमालयन क्लब (लुक्ला), कुसुम खाङकरु युवा क्लब (मुसे), सुर्के युवा समूहको सहभागी रहेको छ।
आज खेलको उद्घाटन हुनेछ । खेल लिग फर्म्याटमा हुने आयोजक समितिका संयोजक जाङबु शेर्पाले डिसी नेपाललाई जानकारी दिए। प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको स्मृतिमा आयोजित प्रतियोगिता वैशाख गतेसम्म हुनेछ । प्रतियोगिता पासाङ ल्हामु शेर्पाको जन्मस्थल, खुम्बु पासाङ ल्हामु गाउँपालिकाको सुर्केमा हुनेछ।
प्रतियोगिताले पर्यटन प्रवद्र्धन, महिला सशक्तिकरण र समानताको आवाजलाई खेलको माध्यमबाट प्रवद्र्धन गर्ने आयोजकको विश्वास छ। यो प्रतियोगिता गाउँस्तरीय पुरुष र जिल्लास्तरीय खुला महिला भलिबल प्रतियोगिता हुने शेर्पाले जानकारी दिए।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः एक लाख, रु ५० हजार र २५ हजार पुरस्कार तथा ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, रेजर र सटरको छनोट गरी उपहार दिइने छ । कार्यक्रममा समाजिक विकासमा योगदान पु¥याउने अग्रज व्यक्तित्वलाई सम्मानसमेत गरिने जनाइएको छ ।
राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाले सगरमाथामा पहिलो पटक पाइला टेकेको दिन बैशाख १० गतेलाई प्राथमिकतामा राखेर फाइनल खेल आयोजना गर्न लागेका हुन्।
प्रतियोगिता सगरमाथाको फेदी खुम्बु पासाङ ल्हामु गाउँपालिका सुर्केमा आयोजना गरिने बताइएको छ । प्रतियोगितामा सहभागिता जनाउन महिलालाई ६ हजार र पुरुष टिमलाई ७ हजार दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।
Facebook Comment