कुशल भुर्तेल टी२० वरीयतामा
काठमाडौं । नेपालका युवा खेलाडी कुशल भुर्तेल पहिलो पटक आईसीसीको टी–ट्वान्टी वरीयतामा पर्न सफल भएका छन् । घरेलु भूमिमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका कुशल वरीयतामा परेका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले बुधबार सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको ब्याटिङ वरीयतामा कुशल ९३ औं स्थानमा रहेका छन् ।
नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिजको तीन खेलमा कुशलले लगातार अर्धशतक बनाएका थिए । नयाँ वरीयतामा नेपालका पूर्व कप्तान पारस खड्काको वरीयता भने घटेको छ । पारस ८२ औं स्थानमा रहेका छन् । बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७८ औं स्थानमा उक्लिएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment