राष्ट्रिय महिला टिम र उत्तराखण्ड टिमबीचको सिरिज स्थगित

डिसी नेपाल
८ वैशाख २०७८ १६:५६
24
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट महिला टिम र भारतको उत्तराखण्ड महिला क्रिकेट टिमबीच तय भएको मैत्रीपूर्ण टी२० र एकदिवसीय सिरिज स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बुधबार विज्ञप्ति जारी गर्दै सिरिज स्थगित भएको जनाएको छ । कोरोना भाईरसको कारण भारतीय टिम नेपाल आउन नसक्ने भएपछि सिरिज स्थगित भएको हो ।

कोरोनाको कारण उत्तराखण्ड टिमले नेपाल भ्रमणको अनुमति नपाएको कारण सिरिज स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । नेपालले यहिँ अप्रिलको तेस्रो साताबाट नेपाली महिला टोलीले उत्तराखण्ड महिला क्रिकेट टिमसँग सिरिज खेल्ने तालिका रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.