हैदराबादलाई सहज लक्ष्य
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले सनराइजर्स हैदराबादलाई सहज लक्ष्य दिएको छ । चेन्नाईमा जारी खेलमा पञ्जाबले हैदराबादलाई १२१ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेका पञ्जाबले १९.४ ओभरमा १२० रन बनाउँदा सबै विकेट गुमायो । पञ्जाबका मयंक अग्रवाल र शाहरुख खानले समान २२ रन बनाए । यस्तै क्रिश गेलले १५ रन बनाए । हैदराबादका खलिल अहमदले ३ तथा अभिषेक शर्माले २ विकेट लिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment