हैदराबादको सहज जित

डिसी नेपाल
८ वैशाख २०७८ १९:१५
100
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा हैदराबादले सहज जित हासिल गरेको छ । चेन्नाईमा भएको खेलमा हैदराबादले पञ्जाबलाई ९ विकेटले पराजित ग¥यो ।

पञ्जाबले दिएको १२१ रनको लक्ष्य हैदराबादले ८ बल बाँकी हुँदै मात्र एक विकेट गुमाएर पुरा ग¥यो । त्यसका लागि जोनी बेयरस्टोले ६३ रन बनाए । यस्तै डेभिड वार्नरले ३७ रन बनाउँदा केन विलियम्सनले १६ रन बनाए । पञ्जाबका फाबियन अलेनले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले १९.४ ओभरमा १२० रन बनाउँदा सबै विकेट गुमाएको थियो । पञ्जाबका मयंक अग्रवाल र शाहरुख खानले समान २२ रन बनाए । यस्तै क्रिश गेलले १५ रन बनाए । हैदराबादका खलिल अहमदले ३ तथा अभिषेक शर्माले २ विकेट लिए ।

जारी आईपीएलमा हैदराबादले चार खेलमा पहिलो जित हासिल गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.