डु प्लेसिसको उत्कृष्ट ब्याटिङमा कोलकत्तालाई विशाल लक्ष्य

डिसी नेपाल
८ वैशाख २०७८ २१:४४
144
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाईलले कोलकत्तालाई विशाल लक्ष्य दिएको छ । मुम्बईमा चेन्नाईले कोलकत्तालाई २२१ रनको लक्ष्य दिएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभररमा ३ विकेट गुमाएर २२० रन बनायो । त्यसका लागि फाफ डु प्लेसिसले उत्कृष्ट पारी खेले । उनले ६० बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ९५ रन बनाए । यस्तै अर्का ब्याट्सम्यान रुथुराज गायक्वाडले पनि ६४ रनको अर्धसतकीय पारी खेले । मोइन अलीले २५ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले १७ रन बनाए ।

कोलकत्ताका वरुण चक्रवर्ती, सुनील नरिने र आन्द्रे रसेलले समान एक विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.