सिभिल बैंकको नाफामा सुधार, ५० करोड बढी नाफा

डिसी नेपाल
९ वैशाख २०७८ १२:४०
28
Shares

काठमाडौं। सिभिल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५० करोड २५ लाख ५५ हजार रुपैयाँ खुद नाफा गरेको छ।

बिहीवार प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ दशमलव ३९ प्रतिशत बढी हो।
गत वर्ष यस अवधिमा ५३ करोड ८७ लाख १२ हजार रुपैयाँ सञ्चालन मुनाफा गरको कम्पनीले यस वर्ष ६८ करोड १० लाख ६० हजार रुपैयााँ मुनाफा गरेको हो। गत वर्षभन्दा यसवर्ष कम्पनीको सञ्चालन मुनाफा ६२ दशमलव १७ प्रतिशत बढी भएको छ।

८ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि भई ८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ पुगेको छ। जगेडा कोष रकम भने १ अर्ब ४९ करोड १८ लाख ३८ हजार रुपैयाँ रहेको छ। गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम १ अर्ब ४४ करोड ३६ लाख १४ हजार रुपैयाँ थियो।

कम्पनीले यसवर्ष गत वर्षभन्दा ४८ दशमलव २४ प्रतिशत बढी निक्षेप संकलन र ४८ दशमलव २० प्रतिशत बढी कर्जा प्रवाह गरेको छ। यस्तै गत वर्ष २ दशमलव ९६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यो वर्ष १ दशमलव १३ प्रतिशतमा झरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.