कारोबारोको अन्तिम दिन दोहोरो अंकले बढ्यो सेयर बजार

डिसी नेपाल
९ वैशाख २०७८ १५:४४
24
Shares

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। बिहीबार नेप्से परिसूचक १५ दशमलव ८० अंकले बढेर २६ सय ४८ दशमलव ०१ विन्दुमा बन्द भएको छ।

यस दिन ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमव २१ अंकले बढेर ४ सय ७६ दशमलव ६० विन्दुमा बन्द भएको छ।

बिहीबार कुल २ सय १४ कम्पनीको एक करोड ३० लाख ३२ हजार ८ सय २३ कित्ता सेयर खरिद बिक्री हुँदा पाँच अर्ब ९१ करोड ५१ लाख ३९ हजार भन्दा धेरै रकमको कारोबार भएको छ।

यस दिन विशाल बजार कम्पनी लिमिटेड र सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतले कमाए।

कारोबार रकमको आधारमा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक अगाडि रह्यो। उक्त बैंकको सबैभन्दा धेरै ६२ करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.