बादलका कारण रिक्त भएको राष्ट्रिय सभा सदस्यको निर्वाचन जेठ ६ मा हुने

डिसी नेपाल
९ वैशाख २०७८ १८:२७
224
Shares

काठमाडौं। राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि आगामी जेठ ट गते उप निर्वाचन हुने भएको छ। निर्वाचन आयोगले सरकारको निर्णय अनुसार जेठ ट गतेका लागि उपनिर्वाचन मिति तोकिएको जानकारी दिएको छ।

तत्कालीन माओवादी केन्द्रबाट बागमती प्रदेश अन्य समूहबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेपछि उनको पद रिक्त भएको थियो। रिक्त पदमा ३५ दिन भित्र निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार जेठ ६ मा चुनाव हुने भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले बिहीबारदेखि उपनिर्वाचनको काम शुरु भएकोसमेत बताएको छ।

आयोगले भनेको छ, ‘नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राजनीतिक दलहरुलाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनको लागि संवत् २०७८ साल बैशाख १० गतेदेखि १४ गतेसम्म कार्यालय समयभित्र यस आयोगमा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिन सूचना गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.