निर्मम आत्मसमीक्षासहित पार्टी पुनर्गठन गरौं : नारायणकाजी श्रेष्ठ

डिसी नेपाल
२६ फागुन २०८२ १२:५८
104
Shares

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अब वस्तुनिष्ठ भई समग्र परिस्थितिको विश्लेषण ,संश्लेषण गरेर निर्मम आत्मसमीक्षासहित नयाँ नीति र योजना बनाएर अघि बढ्नु जरूरी रहेको आवश्यकता औंल्याएका छन्।

उनले यो प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएका संयोजक प्रचण्डसहित सबैमा बधाई ज्ञापन गर्नुको साथै कार्यकाल सफलताको लागि शुभकामना समेत व्यक्त गरेका छन्।

आफूहरुको कार्यदिशाले शान्तिपूर्ण परिवर्तनलाई आधारित गरेकाले निर्वाचन र सरकार मार्फतको कामलाई निश्चय नै महत्वपूर्ण ठान्ने स्मरण गराएका छन्।

उनले भनेका छन्-‘हाम्रो कार्यदिशाले शान्तिपूर्ण परिवर्तनलाई आधारित गरेकाले निर्वाचन र सरकार मार्फतको कामलाई निश्चय नै महत्वपूर्ण ठान्दछ तर त्यसैलाई मात्र समूर्ण ठान्दैन ।शान्तिपूर्ण कार्यदिशा अन्तर्गत सरकार ,सदन र सडक संघर्षको मोर्चा मध्ये कुन बेला कुन मोर्चा प्रमुख हुन्छ भन्ने कुरा तात्कालीन परिस्थितिमा भर पर्दछ ।त्यसैले कार्यदिशा र कार्यनीतिको यो सम्बन्धलाई आत्मसात गर्दै तदनुरुपको कार्यनीति र संघर्षको स्वरुप निर्धारण गर्दै अघि बढ्नु आवशयक छ ।हामीले जुन सुकै संघर्षको मोर्चामा क्रियाशील भइरहँदा पनि निम्न राष्ट्रिय कार्याभारलाई केन्द्रमा राख्नु पर्दछ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *