लागुऔषध हेरोइनको क्याप्सुल खाएर त्रिभुवन विमानस्थलमा ओर्लिएपछि..

डिसी नेपाल
९ वैशाख २०७८ १८:३४
3.4k
Shares

काठमाडौं। ९ सय ग्राम अवैध लागूऔषध खैरो हेरोइन र ३ सय अमेरिकी डलर सहित धादिङ खनियाबास गाउँपालिका १ का ४९ वर्षीय दावा लामा तामाङलाई प्रहरीले पक्राउ गरेको छ। चैत २६ मा पक्राउ परेका उनलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो।

पाकिस्तानबाट एयर अरबिया एयरलाईन्स मार्फत सारजाह हुँदै नेपाल आएका दावाले अबैध लागूऔषध खैरो हेरोईनका क्याप्सुलहरू पेटमा लुकाई लिई आएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट उनलाई नियन्त्रणमा लिएको थियो। उनलाई सोही दिन नेपाल प्रहरी अस्पतालमा लगेर सिटि स्क्यान गर्दा पेटमा क्याप्सुलहरू देखिएपछि अस्पतालमा राखेर दिशाबाट निकालेर तौल गरिएको हो। बरामद लागूऔषधको अवैध बजार अन्दाजी मूल्य ९० लाख रुपैयाँ बराबरको रहेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ।

साथै सोही कारोबारमा संलग्न धादिङ साबिक सत्यदेवी गाविस २ बस्ने ५९ वर्षीया गोपी तामाङ, धादिङ रुवी भ्याली सेर्तुङ घर भएकी ४५ वर्षीया होनी माया तामाङनी र लम्जुङ मस्याङ्दी गाउँपालिका ४ घर भएका ५२ वर्षीय वयस बहादुर गुरुङ समेतलाई प्रहरीले पक्राउ गरेको छ।

दावा लामा तामाङ यसअघि पनि २०६५ चैत ३० गते लागूऔषध नियन्त्रण व्यूरोबाट लागूऔषध सेतो हेरोईन मुद्दामा ६ जना नेपाली र ३ जना बिदेशी नागरिकसहित पक्राउ परि ५ वर्ष कैद भुक्तान गरी निस्किएका थिए। गोपी तामाङ २०६५ चैत ३० गते लागूऔषध नियन्त्रण व्यूरोबाट चलाईएको लागूऔषध सेतो हेरोईन मुद्दामा समेत फरार रहेको खुल्न आएको छ।

उक्त घटनामा संलग्न अन्य ब्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.