भारतीय कम्युनिष्ट पार्टीका नेता सिताराम यचुरीका छोराको कोरोनाका कारण निधन, प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
काठमाडौं। कोरोना संक्रमणका कारण भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिब सिताराम यचुरीका छोराको बिहीबार निधन भएको छ। भारतको गुडगाउँस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा ३४ वर्षीय आशीष यचुरीको कोरोना संक्रमणका कारण निधन भएको पीटीआईले जनाएको छ। मेदान्तमा विगत दुई हप्तादेखि उनको उपचार भइरहेको थियो।
यचुरीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले ट्वीट गर्दै यचुरीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्। परराष्ट्रमन्त्री ज्ञवालीले पनि ट्वीट गर्दै समवेदना प्रकट गरेका छन्।
उता आफ्ना छोराको निधनपछि ट्वीट गर्दै सिताराम यचुरीले कोरोनाका कारण आफ्न्त गुमाउने संसारमा आफूमात्र एक्लो नभएको बताएका छन्। उनले यो महामारीमा धेरैले ज्यान गुमाउनुपरेको बताएका छन्।







डिसी नेपाल








Facebook Comment