रिलायबलले वीमा दावी वापतको ४ करोड रुपैयाँ भुक्तानी गर्‍यो

डिसी नेपाल
१० वैशाख २०७८ १२:०७
80
Shares

काठमाडौं। रिलायबल जीवन वीमा कम्पनीले वीमा दावी वापतको ४ करोड रुपैयाँ भुक्तानी गरेको छ। बुधबार एक कार्यक्रमकाबीच उक्त रकम भुक्तानी गरेको विज्ञप्तिमार्फत संस्थाले जानकारी दिएको छ।

रिलायबलद्वारा जारी विज्ञप्तिमा बिमितलाई समयमा नै दावी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको जनाइएको छ। ‘बिमित श्री हरिप्रसाद पन्तको हृदयघातबाट मृत्यु भएकोमा वीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालज्यूको बाहुलीबाट मृत्यु दावी रकम ४ करोड मृतककी श्रीमती पारुदेवी पन्तलाई हस्तान्तरण गरियो,’ विज्ञप्तिमा भनिएको छ।

कार्यक्रममा वीमा कम्पनीका अध्यक्ष सिलवालले दावी भुक्तानी पाइँदैन, झञ्जटीलो छ भन्नेलाई रिलायबल जीवन वीमा कम्पनीले उदाहरण दिएको बताएका छन्। यस्तै उनले रिलायबलले वीमा क्षेत्रको विश्वसनीयता पनि बढाएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.