शुक्रबार सुनकाे मूल्य घट्यो
काठमाडौं। साताको अन्तिम कारोबारोका दिन शुक्रवार सुन चाँदीको मूल्यमा गिरावट आएको छ।
शुक्रबार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि बिहीवार छापावाला सुनको मूल्य ९२ हजार २ सय रुपैयाँ रहेको थियो।
त्यस्तै बिहीवारको तुलनामा आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले गिरावट आएको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ९० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment