खाली सिलिन्डर भरेर राख्न उपभोक्तालाई अपिल

डिसी नेपाल
१० वैशाख २०७८ १४:५५
1.9k
Shares

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आफूसँग भएको खाना पकाउने खाली ग्यास सिलिन्डर भरेर राख्न आग्रह गरेको छ। कोरोना संक्रमण बढ्दै गएकोले आपूर्ति व्यवस्था सहज होस् भन्ने उद्देश्येले सार्वजनिक अपिल गरिएको संघले जनाएको छ।

यसअघि गत बुधबार नेपाल आयल निगमले सहज तरिकाले आपूर्ति व्यवस्था मिलाउनकोे संघलाई खाली सिलिन्डर भरेर भण्डारण गर्न पत्राचार गरेको थियो।

सोहीअनुसार संघले खाली भएका सिलिन्डर नजिकका डिपोहरुबाट भर्न सबै उपभोक्तालाई आग्रह गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.