यी हुन सक्छन् तत्काल लकडाउन गर्नु अगाडिका विकल्पहरु

डिसी नेपाल
१३ वैशाख २०७८ १२:५३
308
Shares

कोरोना संक्रमणको दाेस्राे लहरले अहिले जनजीवन त्रासमा छ। कहिले लकडाउन होला भन्नेमै केन्द्रित संवादहरुले आम मनोविज्ञान प्रभावित भएको छ। छिमेकी भारतमा कोरोना संक्रमित दिनानदिन बढ्नु, समाचार र सामाजिक सञ्जालमा त्यसको सदृष्य वर्णन बाहिरिनुले स्वास्थ्य सेवा र सुविधामा भारत भन्दा कमजोर नेपाल र नेपालीको आत्मबल डगमगाउनु स्वभाविक पनि हो।

स्वास्थ्यकर्मीहरुले नेपालमा पनि संक्रमणको दर बढेको र अवस्था नियन्त्रण बाहिर नजाँदै प्रभावकारी उपाय अपनाउने सुझाव दिइरहेका छन्। समाजका बिभिन्न तह र तप्काबाट पनि सरकारलाई तत्काल कदम चाल्न प्रेरितहुने गरी दबाव पनि बढिरहेको छ।

सँगसँगै, कोरोना संक्रमणदर रोक्नका लागि लकडाउन अन्तिम बिकल्प हुन सक्ने भएकोले तत्काल लकडाउन नगर्न आग्रह गर्ने जनमत पनि उत्तिकै छ। यस्तो जटिल र अन्यौलपूर्ण अवस्थामा देशका बिभिन्न स्थान वा जिल्लाहरुमा पूर्ण लकडाउन नगरिकन निम्न कार्यहरु गर्ने हो भने संक्रमण नियन्त्रण गर्न सहयोग पुग्न सक्छ।

-यातायातका साधनमा जोर/बिजोर नियम लागू गर्ने। सीट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कडा कार्वाही गर्ने। यसो गर्दा विगतमा जस्तो मोटरसाइकलमा एक जनामात्र बस्न पाउने जस्ता अव्यवहारिक नियम भने लागू नगर्दा राम्रो हुन्छ।

-तत्काल होटल, रेष्टुरेन्ट र पार्टी प्यालेस पूर्ण रुपमा बन्द गर्ने।

-सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरु पूर्ण रुपमा बन्द गर्ने।

-घरबाटै गर्न मिल्ने कामहरु गर्नका लागि कार्यालय जानै पर्ने बाध्यता नबाउने।

-भारतसँग जोडिएका सीमानाकामा कडाइ गर्ने।

-बिदेशबाट, बिशेषगरी भारतबाट फर्केका नागरिकहरुलाई अनिवार्य क्वारेन्टिनका लागि स्थानीय सरकारले पहल गर्ने र नमान्नेलाई कार्वाही गर्ने।

-भीडभाड गर्न नदिने। गर्नेलाई कडा कार्वाही गर्ने।

-बिहे भोजभतेर जस्ता मानिस भेला हुने गतिबिधि नियन्त्रण गर्ने।

-विद्यालय तथा क्याम्पस बन्द गर्ने।

-कम्तिमा दुईहप्ता यसो गर्दा खेरी संक्रमणदरमा आउन सक्ने फरक तुलना गरेरमात्र अर्को निर्णय अर्थात लकडाउन गर्ने वा नगर्ने भन्ने निर्धारण गर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.