तेस्रो त्रैमासमा नेपाल बैंकको खुद नाफामा वृद्धि
काठमाडौं। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल बैंकले २ अर्ब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको यसैअवधिमा भन्दा १३ प्रतिशत धेरै हो।
यस्तै चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ६ करोड १९ लाख ८२ हजार रुपैयाँ ऋणात्मक थियो।
यस्तै बैंकको खुद ब्याज आम्दानी ११.७५ प्रतिशतले बढेर ४ अर्ब ७१ करोड ४० लाख ६८ हजार रुपैयाँ पुगेको छ।
यस्तै बैंकले १२ करोड ७९ लाख २९ हजार भन्दा बढी कर्जा लगानी गरेको छ। यता, सञ्चालन नाफा पनि २९ दशमलव ३२ प्रतिशतले बढेर ३ अर्ब ४३ करोड ९३ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment