माओवादी स्थायी कमिटी बैठक बस्दै, नयाँ सरकार गठनका विषयमा प्रचण्डले ब्रिफिङ गर्ने
फाइल फाेटाे।
काठमाडौं। वैकल्पिक सरकार गठनका लागि सक्रिय माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन्।
मंगलबार दिउँसो तीन बजे पार्टी कार्यलय पेरिसडाँठामा बस्ने बैठकमा नयाँ सरकार गठन, त्यसका लागि अन्य राजनीतिक दलसँग भएको छलफल, प्रदेश सरकार र दुई नम्बर प्रदेशको नाम र राजधानीलगायतका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा प्रचण्डले नयाँ सरकार गठनका लागि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग भएका छलफलका विषयमा बैठकलाई जानकारी गराउने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए।
स्रोतका अनुसार नयाँ सरकार गठनका विषयमा नेपाली कांग्रेससँग सकारात्मक रुपमा वार्ता अगाडि बढेपछि प्रचण्डले त्यसको जानकारी स्थायी कमिटी बैठकलाई गराउन लागेका हुन्।
कांग्रेसले आफूसँग अविश्वासको प्रस्ताव पारित गराउन आवश्यक संख्या नरहेको भन्दै तत्काल त्यसको पहल नगर्ने निर्णय गरेको छ। तर माओवादी अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनका विषयमा कांग्रेससँग विशेष सहमति भएको भन्दै त्यसको जानकारी गराउन स्थायी कमिटीको बैठक बोलाएका हुन्।







डिसी नेपाल








Facebook Comment