सिटीएक्सप्रेसद्वारा कोरोना बीमा दाबी भुक्तानी रकम हस्तान्तरण
काठमाडौं । सिटीएक्सप्रेस मनि ट्रान्फरले बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ। मापदण्ड पुरा भएका बीमा अभिकर्ताहरुलाई जनही ५० हजार रुपैयाँका दरले बीमा दाबी रकम भुक्तानी गरेको विज्ञप्तिमार्फत जनाएको छ।
विज्ञिप्तिमा अनुसार साई बाबा रेमिट् , चाबहिलका हरी कुमार श्रेष्ठ, अन्लाईन सब् रेमिट् , काठमाडौंका दीपेन्द्र ढकाल, आनन्दमनी ट्रान्सफर, झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस, कास्कीका लीला भट्टराई , मध्यबिन्दु ट्रेड् सेन्टर , नवलपुरका गोपाल सिर्पाली, कलश मनी ट्रान्स्फर , सुन्सरीका कुलबहादुर भारती, जिमिरेभर मनी नेट्वर्क , परासीका शेर बहादुर गुरुङ र हीरा इन्टप्र्राइजेज , नवलपुरका कृष्ण गिरी गरी ८ जानालाई चेक हस्तान्तरण गरिएको छ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको छ।







डिसी नेपाल







Facebook Comment