चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन्।
अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कोभिड-१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनःरुत्थानका निम्ति पनि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि आवश्यक भएको बताए।
सम्मेलनका क्रममा चीनको राज्यपरिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले कोरोनाविरुद्धको नेपालको राष्ट्रिय लडाइँमा चिनियाँ युआन ५० लाख बराबरका चिकित्सा उपकरण र सामग्री अतिरिक्त अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा सहभागी मन्त्रीले कोभिड-१९ को महामारीविरुद्ध लड्न, रोजगारी र जनताको जीवन जोगाउन तथा अर्थतन्त्रलाई पुनर्जीवन दिन व्यावहारिक सहयोगलाई सबल बनाउन सहमति जनाएको पनि मन्त्रालयले जनाएको छ।







डिसी नेपाल







Facebook Comment