आरबीबी मोबाइल बैंकिङ महामेलामा ९ जना विजयीको नाम घोषणा

डिसी नेपाल
१५ वैशाख २०७८ २१:२१
92
Shares

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको आरबीबी मोबाइल बैंकिङ महामेलाबाट ९ जना विजयीको नाम घोषणा भएको छ। बैंकको आरबीबी मोबाइल बैंकिङ प्रवर्द्धनका लागि ०७७ चैत ५ गतेदेखि ०७८ वैशाख ५ गतेसम्म (एक महिना) एफवान सफ्टको सहकार्यमा सञ्चालन भइरहेको आरबीबी मोबाइल बैंकिङ महामेलामा करिब ७३ हजार कारोबारबाट र्‍यान्डम्ली छनोट भएका नौ जना विजयीको नाम बुधबार एक समारोहबीच घोषणा गरिएको हो।

सो समारोहमा नयाँ मोबाइल बैंकिङ प्रयोगकर्तामध्येबाट स्वर्णिम पौडेलले थाइल्यान्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाएका छन्।

यसैगरी, तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सिर्जना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ ग्यालेक्सी M01 Core ब्रान्डको एक–एक थान मोबाइल फोन सेट पुरस्कार प्राप्त गर्नेछन्।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न गत वर्षदेखि एफवान सफ्टको सहकार्य आरबीबी मोबाइल बैंकिङ महामेला कार्यक्रम सञ्चालन गरिरहेको छ।

रा.वा.बैंकसँग खाता खोली मोबाइल बैंकिङ आरबीबी स्मार्टबाट डिजिटल कारोबार गर्दा छुटलगायत उपहार पाउने व्यवस्था गरिएको छ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, एफवान सफ्टका यासमिन गौतम, अलिसा तन्डुकारलगायतको उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.