निषेधाज्ञामा हवाइ उडान नियमित, यात्रु संख्या भने घट्दो

डिसी नेपाल
१६ वैशाख २०७८ ११:४३
72
Shares

काठमाडौं। बिहीबारदेखि राजधानी उपत्यका लगायत देशका कतिपय जिल्लामा निषेधाज्ञा जारी भए पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित हुने भएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यलयले निषेधाज्ञामा पनि दुवैतर्फका उडान नियमित हुने जनाएको छ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लागू भए पनि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका उडान नियमित सञ्चालन भइरहेको कार्यलयका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।

कोरोना संक्रमण तिव्ररुपमा बढेपछि हवाइ उडान बन्द हुने हल्लाकाबीच पछिल्ला केही दिन यता भने हवाइ यात्रुको संख्यामा वृद्धि भएको थियो।

बुधबारमात्रै १ सय ४७ उडान भएका थिए। तर, निषेधाज्ञाका कारण सरकारले अत्याआवश्क काम बाहेक ननिस्किन निर्देशन दिएकाले यो संख्या भने घट्दो रहेको तिवारीले बताए। आज १ सय ५ उडान रहेकोमा भोलि भने त्यो भन्दा पनि कम उडान रहेको उनको भनाई छ।

सरकारले जारी गरेको स्वास्थ्य सावधानीका नियमहरु पालना गरेर मात्र हवाइ उडान गर्न मिल्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.