सीइडीबी हाइड्रोपावरको आइपीयो खुल्यो, कति कित्ता भर्ने ?

डिसी नेपाल
१७ वैशाख २०७८ ९:४६
132
Shares

काठमाडौं। सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज शुक्रबार (वैशाख १७ गते) बाट कुल २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले यसमध्ये २ प्रतिशत अर्थात ५० हजार ३ सय ६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ।

बाँकी रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँका दरले आवेदन दिन पाइनेछ। यस कम्पनीको आइपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन पाइनेछ।

उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म भर्न खुला रहनेछ। बिक्री प्रबन्धक सनराइज क्यापिटल तोकिएको छ। इच्छुक लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले कति कित्ताका लागि दिने आवेदन ?
हाल आइपीओमा औसतमा १५ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिँदै आएका छन्। सीइडीबी हाइड्रोपावरले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै अर्थात २५ लाख १८ हजार २ सय ३० कित्तासम्म नै आवेदन दिन पाउने व्यवस्था गरेको छ।

तर, सर्वसाधारणलाई छुट्याईएको २३ लाख कित्ता सेयरलाई १० कित्ताले भाग गर्दा करिव २ लाख ३० हजारले मात्रै आइपीयो पाउने देखिन्छ। यसकारण लगानीकर्ताले यस आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिए पुग्ने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.