अत्यावश्यक सामाग्रीका सवारी साधन बाहेक थानकोट नाकामा आउजाउ पूर्णरूपमा बन्द : प्रहरी
काठमाडौं । उपत्यकाबाट प्रवेश गर्ने मुख्य नाका थानकोट पूर्ण रुपमा बन्द रहेको छ। बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागु भएसँगै मुख्य नाका थानकोटबाट आउजाउ पूर्णरुपमा बन्द गरिएको काठमाडौं जिल्ला प्रहरी प्रवक्ता एसपी रमेश कुमार बस्नेतले जानकारी दिए।
डिसी नेपालसँग कुरा गर्दै बस्नेतले भने, ‘हिजोदेखि नै अत्यावश्यक बाहेकको आउजाउ पूर्णरुपमा बन्द गरिएको छ। हामीले अत्यावश्यक सामाग्रीका सवारीसाधन पनि पूर्णरुपमा स्वास्थ्यको मापदण्ड पालना गर्न लगाएरमात्र उपत्यका भित्रिन दिएका छौं।’
सरकारले कोरोनाको संक्रमणदर उच्च भएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको हो। अत्यावश्यक बाहेकको हिडडुल काठमाडौं उपत्यकाभित्र पनि पूर्णरुपमा बन्द गरिएको छ।
दुई दिनको समय दिएर काठमाडौं उपत्यकाबाट बाहिर जानेलाई जान अनुरोध गरेको थियो। बैशाख को १४ र १५ गते गरी करिव ५ लाख मान्छेहरु उपत्यका छोडेको प्रहरीको भनाइ छ। एसपी बस्नेतले भने, ‘१५ गते साँझसम्म पनि उपत्यका बाहिरिनेको लर्कोनै लागेको थियो। थानकोटदेखि कलंकीसम्म नै जाम लागेको अवस्था थियो।’
बैशाख १६ गतेदेखि लागु गरिएको निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म यही बैशाख २२ गते राति १२ बजेसम्म लागु हुने छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेशको उलंघन गरेको खण्डमा कानून बमोजिम कारवाही हुने व्यहोरा पनि जानकारी गराउँदै आएको छ।







डिसी नेपाल








Facebook Comment