नबिल बैंक र यूनाइटेड फाइनान्सबीच मर्जर सम्झौता

डिसी नेपाल
१७ वैशाख २०७८ १७:२१
36
Shares

काठमाडौं। नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ। यसका लागि शुक्रवार यी दुई बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरेका हुन्।

सम्झौतापत्रमा नबिल बैंकका मर्जर संयोजक उदयकृष्ण उपाध्याय तथा युनाइटेड फाइनान्सका मर्जर संयोजक मनिष खेम्काले हस्ताक्षर गरेका छन्।

प्राप्ति पछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ। उक्त सम्झौता पश्चात प्राप्तिका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि प्रकृया अगाडि बढाइने र समयमै स्वीकृती पाएमा यथाशिघ्र संयुक्त कारोबार नबिल बैंकले गर्ने बताइएको छ।

नबिल बैंकमा प्रमुख लगानी विनोद चौधरीको छ भने युनाइटेडमा चौधरी ग्रुरुपको ३६ प्रतिशत लगानी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.