पूर्वसेनापति कटवाल १७ दिनदेखि उपचाररत, दोस्रो पटक पनि कोरोना रिपोर्ट पोजेटिभ

डिसी नेपाल
१७ वैशाख २०७८ २०:१६
384
Shares

काठमाडौं। पूर्वसेनापति रुक्मांगत कटवाल कोरोना संक्रमित भएका छन्। उनको नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्भव पौडेलले जानकारी दिए। उनका अनुसार वैशाख १ गते कोरोना संक्रमित भएको पुष्टि भएपछि कटुवाललाई अस्पतालमा भर्ना गरिएको थियो।

हाल कटुवालको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता पौडेलले बताए। उनका स्वास्थ्य अवस्था सामान्य रहे पनि कटवाललाई अक्सिजन भने दिइएको छ। दोस्रो पटक पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज नगरेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.