भक्तपुर–२ मा राति ११ बजेदेखि मतगणना सुरु हुने
भक्तपुर। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचन अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणना आज रातिदेखि सुरु हुने भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना राति ११ बजेदेखि प्रारम्भ गरिनेछ।
प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार मतदान सम्पन्न भएको थियो। भक्तपुर जिल्लामा प्रतिनिधिसभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेका छन्।
भक्तपुर–२ मा नेकपा एमालेबाट महेश बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजीव खत्री र नेकपाबाट रामप्रसाद सापकोटा लगायतका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment