मदनकृष्ण श्रेष्ठ कोरोना जितेर घर फर्किए, कोरोनासँग सचेत रहन आग्रह

डिसी नेपाल
१७ वैशाख २०७८ २०:४७
428
Shares

काठमाडौं। काठमाडौं कलाकार मदनकृष्ण श्रेष्ठ कोरोना जितेर घर फर्किएका छन्। ८ दिनको अस्पताल बसाइपछि उनी शुक्रबार घर फर्किएका हुन्। यही वैशाख १२ गते उनी मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। श्रेष्ठ अघि गत वर्ष पनि कोरोना संक्रमित भएका थिए। उनी कोरोनाको दोस्रो लहरमा पनि संक्रमित हुन पुगेका हुन्।

अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका श्रेष्ठले कोरोना केही होइन भन्ने नसोच्न आग्रह गरेका छन्। डिसी नेपालसँग फोनमा कुरा गर्दै उनले भने, ‘यो पटकको कोरोना पोहोरको जस्तो छैन। यसपाली निकै अप्ठ्यारो छ। इम्युनिटी पावर निकै कमजोर बनाउँदो रैछ। सबैले कोरोनासँग सचेत रहनुपर्छ। स्वास्थय मापदण्ड कडाइका सथा पालना गर्नुपर्छ।’

फोनमा कुरा गर्दा निकै भावुक भएका श्रेष्ठले यो बेला एकअर्काप्रति रिसद्वेस देखाउनुभन्दा पनि सबैले एकजुट भएर कोरोनाविरुद्ध लड्नुपर्ने बताए। उनले अहिले अरु कुरा सबै विर्सेर मानवतालाई ध्यानदिनुपर्ने बताए। उनले कोरोनको यस्तो महामारी पनि राजनीतिक दलहरुबीच देखिएको विवादमा असन्तुष्टि प्रकट गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.