विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा आज तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा जिल्ला काठमाडौं चन्द्रागिरि–४ बस्ने ३७ वर्षीया ममता श्रेष्ठ, काभ्रेपलाञ्चोक पाँचखाल–६ बस्ने ३० वर्षीय सरोज पोख्रेल तथा दोलखा भिमेश्वर–७ का ४९ वर्षीय डम्बरबहादुर तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
उनले भने, ‘श्रेष्ठले क्यानडा पठाउने भन्दै रु २३ लाख, पोख्रेलले युएई पठाउने भन्दै रु तीन ६४ हजार तथा तामाङले रोमानिया पठाउने भन्दै छ लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो।‘
काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment