ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोखरेलको मृत्यु

डिसी नेपाल
१३ कार्तिक २०८३ १६:०५

काठमाडौं । नवलपरासीमा ट्रकले ठक्कर दिँदा रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको दुर्घटनामा परी मृत्यु भएको छ। भैरहवाबाट पूर्वतर्फ जाँदै गरेको लु.प्र.प.०१-००९ प ९६१९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ख ३४९७ नम्बरको ट्रकले परासीको सेतोपुलमा ठक्कर दिएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका ४५ वर्षीय पोखरेल रूपन्देहीको तिलोत्तमा नगरपालिका–१३ भलवाडी निवासी हुन्। उनले रूपन्देहीबाट ‘अग्निपरीक्षा साप्ताहिक’ पत्रिका प्रकाशन गर्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मदन थापाका अनुसार मृतक पोखरेलको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ भने दुर्घटना गराउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *