काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने

डिसी नेपाल
१३ कार्तिक २०८३ १०:५०
264
Shares

काठमाडौं।  नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

प्राधिकरणका अनुसार बाफल फिडरअन्तर्गतका क्षेत्रमा आज बिहान १०:३० बजेदेखि दिउँसो ४:०० बजेसम्म (साढे पाँच घण्टा) विद्युत् सेवा अवरुद्ध हुनेछ। यस क्रममा कलंकी रिङरोडदेखि स्युचाटार सब-स्टेसनसम्मका क्षेत्रमा बत्ती जानेछ।

तोकिएको काम समयअगावै सम्पन्न भएमा निर्धारित समयभन्दा अघि नै विद्युत् आपूर्ति सुचारु गरिने र मौसम प्रतिकूल भएमा तालिका परिवर्तन वा रद्द हुन सक्ने प्राधिकरणले स्पष्ट पारेको छ।

लामो समय विद्युत् सेवा प्रभावित हुने भएकाले उपभोक्तामा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले क्षमा माग्दै आवश्यक सहयोगका लागि अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *