शंकर पोखरेलको नेतृत्वमा सरकार बनाउने एमाले संसदीय दलको निर्णय

डिसी नेपाल
१९ वैशाख २०७८ १२:४१
44
Shares

बुटवल। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ। प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटी सदस्य पोखरेललाई अघि सार्ने निर्णय गरेको सत्तापक्षका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिए।

उनले एमालेको एकल बहुमतको सरकार गठनका लागि दावी पेश गरिने जानकारी दिँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुने बताए। मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि रिक्त मुख्यमन्त्रीमा आज नै उनले शपथ लिनेछन्। “मुख्यमन्त्रीले शपथ लिनुहुनेछ, अन्य मन्त्रीका विषयमा सल्लाह हुँदैछ”, प्रमुख सचेतक ढकालले भने।

लुम्बिनीमा एमालेका पक्षमा ४१, नेपाली कांग्रेसका १९, नेकपा(माओवादी केन्द्र)का १७, जसपाका दुई र जनामोर्चा नेपालको एक सिट छ। अहिले प्रदेशसभामा कूल ८१ सदस्य छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.