५४ अंकले बढेको सेयर बजारमा ७ अर्ब भन्दा धेरै कारोबार
काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से ५४ अंकले बढेको छ। बजार खुलेसँगै बढ्न थालेको सेयर बजार ५४ अंक बढेर २ हजार ६ सय ६५ दशमलव ११ अंकमा बन्द भएको छ।
यस दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटभ परिसूचक पनि २ दशमलव ०७ अंकले बढेको छ।
यस्तै केही दिन अघि सेयर बजार घटेको अवस्थामा सुस्ताएको सेयर कारोबार रकममा पनि वृद्धि भएको छ। आइतबार कुल २ सय २६ कम्पनीको १ करोड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड ८ लाख भन्दा बढी रकमको कारोबार भएको छ।
आइतबार सबै कम्पनीका समूहका परिसूचकमा हरियाली देखिएकोमा सबैभन्दा धेरै इन्सोरेन्स कम्पनीको सेयर बढेको छ।
यस दिन महिला लघुवित्तिय संस्था र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य करिव १० प्रतिशतले बढेको छ। यस्तै सेयर बजारमा हरियाली छाए पनि एभरेष्ट बैंक कन्फ्रेन्स, सनराइज फस्र्ट म्युचुअल फण्ड, लगाएतका कम्पनीको सेयर मूल्य भने घटेको छ।







डिसी नेपाल







Facebook Comment