सीमाछेउमा यस्तो अनियन्त्रित हाल, कसरी सुरक्षित रहला नेपाल ?
काठमाडौं। नेपालको सीमासँग जोडिएको भारतको उत्तर प्रदेशमा जनताले सबै सीमा तोडेर बाहिर निस्केका छन् । राज्यका ७५ जिल्लामा पंचायत चुनाबको लागि आजदेखि मतगणना सुरु भएको छ । मतगणनाको क्रममा गणनास्थलमा मानिसहरु सबै प्रोटोकल तोडेर ठूलो संख्यामा जम्मा भएका छन्, सामाजिक दूरीसहित कुनै पनि सावधानीका उपाय नअपनाइएको भारतीय मिडियाले जनाएका छन् । गणनास्थलमा जुटेको भिडमा ठूलो संख्यामा मानिसहरुले मास्क समेत नलगाएको बताइएको छ ।
विशेषज्ञले चुनाबी उत्साहमा सबै नियमको धज्जी उडाइरहेको यो भिड कोरोनाको सुपर स्प्रेडर हुने चेतावनी दिएका छन् । फिरोजाबादमा जम्मा भएको भिडलाई पुलिसले सम्झाउँदा पनि नमानेपछि लाठी चार्ज गरेर भगाउनु परेको छ । बागपत र जैनपुरमा पनि यस्तै स्थिति देखिएको छ । त्यहाँ पनि पुलिसले लाठीचार्ज गरेको छ । हाथरसमा एजेन्ट र उम्मेदवारका समर्थकले पर्खाल नाघेर गणनास्थलमा प्रवेश गरेका थिए । यहाँ निकै कमले मात्र मास्क लगाएका थिए ।

रामपुरमा गणनास्थलको सुरक्षाको लागि बेरिकेड र जाली लगाइयो तर समर्थकले सबैको धज्जी उडाए । शामलीमा पनि गणनास्थलमा प्रवेश गर्नको लागि होडबाजी चल्यो । गणनाको क्रममा कैयौं ठाउँमा एजेन्ट र चुनाबी कर्मचारीको परीक्षण पनि गरियो । यस क्रममा मुरादाबादमा गणनामा संलग्न १४ जना संक्रमित पाइए । इटावामा २ जना संक्रमित पाइए । भीमराव अम्बेडकर इन्जिनियरिङ कलेजमा १ जना गणनाकर्मी र हाथरसमा ४ जना कर्मचारीसंक्रमित पाइए । सादाबादमा पनि केही गणनाकर्मी पोजेटिभ पाइए ।







डिसी नेपाल








Facebook Comment