मेडिकल स्टूडेन्टलाई पनि काममा खटाउने स्वास्थ्य मन्त्रालयको निर्णय

डिसी नेपाल
१९ वैशाख २०७८ १८:३७
328
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थी (मेडिकल स्टूडेन्ट)लाई कोरोना महामारी उपचार तथा व्यवस्थापनको कार्यमा खटाउने निर्णय गरेको छ ।

मन्त्रालयको आइतबार बसेको बैठकले विभिन्न चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजहरुले उपचार व्यवस्थापनमा लगाउने साथै आवश्यकता अनुसार अन्य अस्पतालहरुमा खटाउन सकिने निर्णय गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञीप्ती जारी गर्दै मन्त्रालयले अध्ययन विदामा रहेका स्वास्थ्यकर्मीलाई काम फर्किन निर्देशन दिएको पनि जाकारी दिए । अध्ययन विदामा रहेका हाल अध्ययन नभएको अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आ–आफ्नो दरबन्दी रहेको ठाउँमा उपस्थित भएर सेवा दिन मन्त्रालयले निर्देशन दिएको हो ।

यस्तै, देश जानेहरुको पीसीआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पीसीआर प्रयोशाला र न्यूनतम १०० बेड भएका अस्पतालमा आधारित रहेका पीसीआर र ए वर्गका प्रयोगशालाहरुले गर्ने व्यवस्था मिलाउने समेत निर्णय गरेको छ ।

पीसीआर परीक्षण गर्ने सबै प्रयोशालाहरुले २४ घण्टा सातै दिन नमुना लिने व्यवस्था मिलाउन समेत मन्त्रालयले निर्देशन दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.