सीमित जनशक्ति र शाखाहरुबाट सेवा प्रवाहा गर्न बैंक तथा वित्तिय संस्थालाई निर्देशन
काठमाडौं। कोरोना संक्रमण तीव्र हुँदै गए पछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई २५ प्रतिशतभन्दा कम कर्मचारीबाट मात्रै सेवा प्रवाह गर्न निर्देशन दिएको छ। बैंकले कोभिड १९ को असहज परिस्थितिको सामनाका लागि उच्च सतर्कता अपनाउन भन्दै यस्तो निर्देशन दिएको हो।
जसअनुसार केन्द्रीय कार्यालयमा कुल कर्मचारीमध्ये २० प्रतिशत र शाखाका हकमा बढीमा २५ प्रतिशत कर्मचारीले मात्रै सेवा दिनुपर्नेछ। अन्य कर्मचारीले भने ‘वर्क फ्रम होम’ को नीति अवलम्वन गर्न राष्ट्र बैंकले भनेको छ।
त्यस्तै अब शाखाहरु पनि सीमित मात्रै संचालन हुने भएका छन्। नजिकै रहेका शाखाको हकमा न्यून शाखा मात्रै संचालनमा ल्याएर आलोपालो सेवा दिन पनि बैंकले निर्देशन दिएको छ। यस्तै संचालन हुने शाखा कार्यालयको सम्बन्धमा मुल ढोका, संस्थाको वेबसाइट तथा सामाजिक संजालमार्फत बैंकहरुले जानकारी दिन अनुरोध गरिएको छ।








डिसी नेपाल







Facebook Comment