सिटी एक्सप्रेस अस्ट्रेलियाबाट रकम पठाउँदा शुल्क नलाग्ने, ३० मिनेटमै ग्राहकको हातमा रकम
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाले नेपालमा पुनः देखिएको कोभिड—१९ का कारण अस्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउँदा कुनै शुल्क नलाग्ने तथा पठाइएको रकम ३० मिनेट भित्र तुरुन्तै पुर्याउने योजना ल्याएको छ ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकले रकम पठाउँदा नेपालभरी रहेका जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ । रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाको वेब साइट (www.cityexpressmoneytransfer.com.au) बाट पठाउन सकिने कम्पनीले जनाएको छ ।
कोभिड—१९ को यस परिस्थितिमा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकहरुलाई केहि अत्यावश्यक सुविधा दिने सोचले यो योजना ल्याएको सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाका डाइरेक्टर समिप कटुवालले जनाएका छन् ।
हाल अष्ट्रेलियामा सिटी एक्सप्रेस मनि ट्रान्सफर सबैभन्दा छिटो बढ्दै गरेको नेपाली रेमिटान्स ब्रान्ड बन्दै गएको छ । सिटी एक्सप्रेसले नेपालभर छरिएर रहेका आफ्ना १२ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।







डिसी नेपाल







Facebook Comment