पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ३ हजार ८९३ जनामा कोरोना, कुन जिल्लामा कति ?

डिसी नेपाल
२१ वैशाख २०७८ १७:४८
552
Shares

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ३ हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २ हजार ७७९, भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ जनागरी ३ हजार ८९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा झापामा १७४, मोरङमा २४६, सुनसरीमा १२४, धनुषामा १०४, पर्सामा ११२, काभ्रेमा ११७, चितवनमा २२६, कास्कीमा २४७, दाङमा २०१, बाँकेमा १९२ रुपन्देहीमा, ३६९, सुर्खेतमा १२४ र कैलालीमा १४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् भने मृत्युको पनि नयाँ रेकर्ड कायम भएको छ। १६ हजार १३१ जनाको पीसीआर परिक्षण गर्दा ७ हजार ५८७ जनामा र ५७१ जनाको एन्टीजेन परिक्षण गर्दा ७३ जनामा गरी ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना भाइरसका कारण थप ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ४१७ जनाको मृत्यु भएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.