मुख्यमन्त्री पोखरेलले तेस्रोपटक विस्तार गरे मन्त्रिपरिषद्
फाइल
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार मन्त्रिपरिषद्मा तीन जना मन्त्रीहरुको नियुक्ति गरेका छन् ।
पुनःनियुक्तिपछि तेस्रोपटक बिस्तार गदै मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् १० सदस्यीय बनाएका छन्।
आन्तरिक मामिला तथा कानून मन्त्रीमा चेतनारायण आचार्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भोजप्रसाद श्रेष्ठ र शिक्षा तथा सामाजिक विकासमन्त्रीमा धर्मबहादुर लाल श्रीवास्तव थपिएका छन् भने केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment