महामारी नियन्त्रणका लागि अमेरीकाद्वारा ४ अर्ब ७० करोड सहयोग
काठमाडौं। कोरोना भाइरस महामारी नियन्त्रण र उपचारका लागि अमेरिकाले नेपाललाई ३ करोड ९९ लाख अमेरिकी डलर (४ अर्ब ७० करोड रुपैयाँ) सहयोग गरेको छ।
महामारी शुरु भएयता अमेरिकी सहयोग नियोग (युएसएड) ले ३ करोड ६८ लाख र अमेरिकी रक्षा मन्त्रालयले ३१ लाख अमेरिकी डलर सहयोग दिएको हो।
युएसएडले कोभिड–१९ सहयोग यसका साझेदार कार्यान्वयन निकायमार्फत् ५५ प्रतिशत जनसंख्यामा पुगेको उल्लेख गरेको छ। समुदाय, नगर संघीय तहमा उपचार, उपकरण तथा सेवा प्रवाह सुधारमा युएसएडको सहयोग परिचालन भएको छ। युएसएडको सहयोगले एक सय भेन्टिलेटर, १० हजार व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) तथा एचआईभी संक्रमितहरूको लागि एन्टीभाइरल औषधी वितरण गरिरहेको छ।
त्यस्तै अमेरिकी रक्षा मन्त्रालयले प्रदान गरेको ३१ लख डलर सहयोगबाट पीपीई, स्वासप्रश्वास उपकरण, आइसोलेसन र प्रकोप व्यवस्थापन क्याम्प उपकरण, टेलिमेडीसीन उपकरण र कोभिड–१९ परिक्षण उपकरण तथा स्वास्थ्य क्लीनिकहरूका लागि हात धुने सुविधाको व्यवस्था गरेको छ।







डिसी नेपाल







Facebook Comment