कोरोनाको खोप ल्याउने विषयमा मन्त्रीहरुबीच छलफल

डिसी नेपाल
२२ वैशाख २०७८ १७:३०
92
Shares

काठमाडौं। कोरोनाको खोप ल्याउन ढिलाइ भइरहेका बेला सरकारले पहल शुरु गरेको छ। उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले बुधबार मन्त्रीहरुसँग छलफल गरेका छन्।

गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी, मुख्यसचिव डा. शंकरदास बैरागीबीच छलफल भएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहाकार गणेश पाण्डेले जानकारी दिए। उनका अनुसार बैठकमा तत्कालै नेपालमा खोप ल्याउने र त्यसका लागि खरिद प्रक्रिया यथाशिघ्र टुंगोमा पुर्याउने विषयमा छलफल भएको थियो।

सरकारले भारतमा निर्मित खोपलाई प्राथमिकतामा राखेको छ भने अन्य देशमा निर्मित खोपलाई पनि विकल्पमा राखेको छ। सरकारले खोप ल्याउनका लागि यसअघि नै परराष्ट्र मन्त्रालयलाई समन्वयको जिम्मेवारी दिइसकेको छ। सरकारले पहिलो चरणमा २१ लाख र दोस्रो चरणमा ३ लाख ७० हजार डोज कोरोनाविरुद्वको खोप लगाइसकेको छ।

यसअघि भारतबाट २० लाख डोज खोप ल्याउन निर्णय भइसके पनि बिचौलियाको सक्रियताले खोप नेपाल नआएको चर्चा छ। भारतीय खोप उत्पादक कम्पनी सिरम इन्स्टिट्युटका नेपाल एजेन्टले कमिसन मागेपछि भारतबाट खोप नआएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.