ह्याम्स र केएमसीको बेड शुल्क चर्को भएपछि कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

डिसी नेपाल
२२ वैशाख २०७८ १७:५१
360
Shares

काठमाडौं। काठमाडौंस्थित दुई ठूला अस्पताल ह्याम्स र केएमसीको कोभिड बेड शुल्क चर्को भएको भन्दै व्यापक आलोचना भएपछि सरकारले कारबाहीको चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले तोकेकोभन्दा धेरै शुल्क लिए कारबाही गर्ने चेतावनी दिएको हो।

सरकारले कोरोना विरामीको उपचार खर्च औषधिबाहेक बढीमा १० प्रतिशत बढ्ने गरी १५ हजारमात्र लिन पाइने शुल्क तोकेको छ। तर, ह्याम्स र केएमसीले भने ५० हजार र ३० हजार एक रातको बेड शुल्क तोकेका छन्।

स्वास्थ्य मन्त्रालयले आफूखुशी चर्को बेड शुल्क लिएको पाइए कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। र चर्को शुल्क लिएको भए जानकारी गराउन सर्वसाधारणसँग अपीलसमेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.